१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय बाबुलाई ०८२ वैशाख ८ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपतिले बालिकालाई ०८२ वैशाख ८ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिएकी थिइन् ।
आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ९ गते नारायणी अस्पताल वीरगञ्जमा गरिएको छ ।