INSEC Online

📅 २०८३ जेष्ठ २१

विवाह सम्बन्धी कसुरमा बेहुला सहित पाँच जनालाई कैद सजाय

विवाहमा सुनको सिक्री नपाएको भन्दै मण्डपबाट भागेका बेहुला सहित पाँच जनालाई जिल्ला अदालत पर्साले ०८२ वैशाख ९ गते ६ महिना कैद सजाय सुनाएको छ ।

न्यायाधीश मोहन सुवेदीको वैशाख ९ गतेको एकल इजलासले बेहुला सहित पाँच जनालाई जनही ५ हजार रुपियाँ जरिबना, ६ महिना कैद र दाइजो स्वरुप लिएको ६५ हजार रुपियाँ फिर्ता गर्ने आदेश दिएको हो ।

वीरगंज महानगरपालिका-२४ रामगढवामा ०८० फागुन २८ गते राति दाइजोको विषयमा विवाद भएपछि विवाह छोडी जान लागेका बाराको कलैया उपमहानगरपालिका-४ निवासी २८ वर्षीय उमेश साह (बेहुला), बेहुलाका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, दाजुहरू ४२ वर्षीय राकेश साह र ४० वर्षीय मुकेश साह, र परवानीपुर नगरपालिका वडा नं ५ का आनन्द साह (बेहुलको भिनाजु) सहित पाँच जनालाई वडा प्रहरी कार्यालय श्रीपुरले सोही राती नियन्त्रणमा लिएको थियो ।

दाइजो स्वरुप सुनको सिक्री नदिएको भन्दै बेहुला तथा बेहुला पक्षका आफन्तहरूले बेहुली पक्षकाहरूसँग वादविवाद तथा हातपात गरी विवाह छोडी जान लागेका थिए ।

नियन्त्रणमा लिइएका पाँच जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले विवाह सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद थप गराएको थियो । जिल्ला अदालतको ०८० चैत्त २० गतेको आदेशमा आरोपितहरू पुर्पक्षका लागि थुनामा थिए ।

अन्य

भिडियो