१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका-१ का २० वर्षीय आबिद अलि मियालाई वैशाख ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ वैशाख ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १० गते इलाका प्रहरी कार्यालय, हरैँचामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि ग्रामथान गाउँपालिका–१ सिमरियाबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा वैशाख ११ गते गरिएको छ ।