INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारलाई दुर्व्यवहार गरेको घटनामा पत्रकार महासङ्घको ध्यानाकर्षण

राष्ट्रिय समाचार समितिका पत्रकार पूर्णप्रसाद मिश्रलाई समाचार सङ्कलनका क्रममा निर्माण व्यवसायी सङ्घको प्रतिनिधि बताउने एक व्यक्तिले दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ ।

पत्रकार महासङ्घले ०८२ वैशाख १० गते एक विज्ञप्ति प्रकाशन गरी पत्रकारमाथि भएको दुर्व्यवहार घटनामा महासङ्घको ध्यानाकर्षण भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिनु भयो ।

यही मंगलबार

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित कोलमोतेश्वमा निर्माणाधीन सार्वजनिक सडकको वैशाख ९ गते तस्वीर खिँचेपछि महासङ्घ रासस प्रतिष्ठान शाखाका सदस्यसमेत रहेका मिश्रलाई ती व्यक्तिले धम्क्याउँदै खिँचेको सामग्री हटाउन दबाब दिएको शाखाले जनाएको छ ।

पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि भएको यो व्यवहारलाई महासङ्घले अत्यन्त आपत्तिजनक र प्रेस स्वतन्त्रता विरोधी कदमको रुपमा लिएको छ ।

महासङ्घ ‘यस्तो हर्कतमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र निर्धक्क भएर सञ्चारकर्ममा जुट्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

अन्य

भिडियो