१३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा थाहा नगरपालिका निवासी ३६ वर्षीय बाबुलाई प्रहरीले ०८२ वैशाख ८ गते गिरफ्तार गरेको छ ।
आरोपित बाबुले ०८१ कात्तिकदेखि पटकपटक बलात्कार गर्दै आएको भनी पीडित बालिकाले फुपूलाई ०८२ वैशाख ७ गते बताएकी थिइन् ।
पीडित बालिकाको सूचना अनुसार पीडित पक्षले इलाका प्रहरी कार्यालय पालुङ्गमा आरोपित बाबू विरुद्ध वैशाख ७ गते नै उजुरी दिए ।
पीडितको उजुरीका आधारमा प्रहरीले आरोपीतलाई वैशाख ८ गते गिरफ्तार गरी मकवानपुर जिल्ला अदालतमा हाडनाता करणी कसुरमा मुद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडित बालिकाकी आमाले दोस्रो विवाह गरेर गएपछि उनी बाबुसँग बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ८ गते हेटौँडा अस्पतालमा भयो ।