१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका-१ सूर्य आवासीय माध्यमिक विद्यायलयका ३१ वर्षीय सहायक प्रधानाध्यापक विवेक खत्रीलाई गिरफ्तार गरेको छ ।
विद्यालयमा अध्ययनरत १७ वर्षीया बालिकालाई ०८२ वैशाख ७ गते म्यासेज गरेर बोलाएको, विभिन्न डरधम्की दिएर यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख ७ गते उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि वैशाख ७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
चैनपुर नगरपालिका-३, सिद्वकाली स्थायी घर भइ खाँदबारी नगरपालिका-१ विद्यालयको होस्टेलमा बस्दै आएका सहायक प्रधानाध्यापक अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर लामिछानेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ७ गते गरिएको छ ।