INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

कोशी गाउँपालिका-७ हरिपुरकी १८ वर्षीया निर्मलाकुमारी सदाको अपहरण गरेको आरोपमा पीडित पक्षले कोशी गाउँपालिका-७ का २० वर्षीय टिख भनिने रामकुमार मुखियाविरूद्ध वैशाख ७ गते प्रहरीमा उजुरी दिएको छ ।

युवतीलाई ०८२ वैशाख ७ गते अपहरण गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख ७ गते प्रहरी चौकी, हरिपुरमा उजुरी दिएको पीडित युवतीका बाबु सियालाल मुसहरले बताउनु भयो ।

युवती अपहरणमा परेको विषयमा पीडित पक्षले वैशाख ७ गते उजुरी दिएको र घटनामा संलग्नको खोजी थालिएको प्रहरी चौकी, हरिपुरका असइ तेजबहादुर सुब्बाले बताउनु भएको छ ।

अन्य

भिडियो