INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिमकी पाँच वर्षीया छोरी पवित्रा तामाङलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बाबु चमकुमार तामाङलाई वैशाख ४ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा ३२ वर्षीय बाबु चमकुमार तामाङले ०८२ वैशाख ४ गते छोरी पवित्रालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए ।

घटनाका आरोपितलाई प्रहरीले ०८२ वैशाख ४ गते फलाटे फेदी खोला नजिकैबाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी द्वारिकाप्रसाद घिमिरेले बताउनु भयो ।

टाउकोमा चोट लागेकी बालिकाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि थुलुङ दूधकोशी गाउँपालिकाले हलिकोप्टरमार्फत काठमाण्डौँ पठाइएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले बताउनु भयो ।

नेपालको संविधानले धारा ३९ मा बालबालिकाको हकलाई व्याख्या एमव् व्यवस्था गरेको छ । सोही धाराको उपधारामा ७ मा कुनैपनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किमिसको यातना दिन पाइने छैन भनी उल्लेख गरिएको छ ।

अन्य

भिडियो