प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा लामिडाँडा गाउँपालिका-१ कुभिण्डेस्थित रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक शेखर पोखरेललाई प्रहरीले मङ्सिर १६ गते साँझ गिरफ्तार गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठनमा आवद्ध भएको आरोपमा उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिका-२ खार्पा स्थायी ठेगाना भएका पोखरेललाई चुनावका समयमा उम्मेदवार, नेता तथा जनप्रतिनिधिको घरजग्गा कब्जा गर्ने, बम विष्फोट गराउनेलगायतका गतिविधिमा संलग्न भएको सूचनाका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।