१८ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा विदेह नगरपालिका-५ का २२ वर्षीय राकेश कुमार शाहलाई ०८१ वैशाख ४ गते प्रहरीले गिरफ्तार गरेको छ।
पीडित बालिकालाई वैशाख १ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले इटहर्वा प्रहरी चौकीमा वैशाख ३ गते उजुरी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जनकपुरधाममा वैशाख ३ गते भयो।
आरोपित शाहलाई गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको इटहर्वा प्रहरी चौकीका असइ अमित तिवारीले जानकारी दिनु भयो ।