INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाकी पीडितद्वारा आत्महत्या

नरहा गाउँपालिका-१ घर भई माइती गाउँ नवराजपुर गाउँपालिका-३ बस्ने बलात्कार प्रयास घटनाकी पीडित २४ वर्षीया अनन्दी कुमारी सदायले ०८२ वैशाख २ गते घरमै आत्महत्या गरेकी छिन् ।

अनन्दी कुमारी सदायलाई ०८१ पुस ९ गते बलात्कार प्रयास गरेको आरोपमा नवरजापुर गाउँपालिका-३ का २२ वर्षीय सन्जिप यादव र २३ वर्षीय श्यामसुन्दर यादवविरुद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा सोही दिन उजुरी दिएको मृतककी आमा बिल्टौनीया सदायले बताउनु भयो ।

प्रहरीले उजुरी लिएर म बोलाउछु अनि आउनु भनि घर पठाउनु भयो । हामी घर आयौँ प्रहरीले नबोलाए पछि पुनः पतार प्रहरीमा गयौँ र प्रहरीले मुद्दा दर्ता गरेको चिट दिएर पठाउनु भयो । घर नपुग्दै प्रहरीले कार्यालय बोलाएर चिट च्याति दिए र हप्काएर पठाएको मृतककी आमाले बताउनु भयो । फागुन २२ गते पालिकामा भएको एउटा कार्यक्रममा उपस्थित संघ संस्थाका पदाधिकारीहरूलाई घटनाबारे जानकारी गराए र न्यायको पहल गरिदिनुहुन अनुरोध गरेपछि उहाँहरूको पहलमा सोही दिन प्रहरीले मुद्दा दर्ता गरे तापनि आरोपितहरूलाई गिरफ्तार नगरेको मृतककी आमा बिल्टौनीया सदायले बताउनु भयो । साथै मुद्दा फिर्ता लिन आरोपित पक्षबाट आएको दबाब र लाजले छोरीले आत्महत्या गरेको बिल्टौनीयाले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अन्नतराम शर्माका अनुसार प्रहरीले उजुरी आउनासाथ मेडिकल गराएर अनुसन्धान प्रकृया शुरु गरेको थियो । आरोपितहरू भारतमा भएकोले समयमा गिरफ्तार गर्न नसकेको बताउनुहुँदै प्रकृया पुरा गरेर भारतबाट ल्याउन पहल गर्छु एसपी शर्माले जानकारी दिनु भयो ।

शवको पोष्टमार्टम लहानस्थित प्रादेशिक अस्पतालमा वैशाख ३ गते भयो । पोष्टमार्टम पश्चात शव मृतकका पतिले बुझी सोही दिन सदगद गरे ।

घटनाको विषयमा सत्थ तथ्य छानबिन गर्न गृह मन्त्री रमेश लेखकले नेपाल प्रहरीका आइजीपीलाई वैशाख ३ गते निर्देशन दिनु भयो ।

अन्य

भिडियो