देवानगञ्ज गाउँपालिका-२ यादव टोलदेखि पश्चिम रासी जानेबाटोमा वैशाख १ गते गोली चलाएको घटनाका आरोपितमध्ये तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
देवानगञ्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज गाउँपालिका-१ का २७ वर्षीय रवीनकुमार यादव र २१ वर्षीय पिण्टु यादवलाई ०८२ वैशाख २ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सुमनकुमार तिम्सिनाले बताउनु भयो ।
गोली प्रहारका क्रममा घाइते भएका शिवकुमार मेहताको विराटनगर महानगरपालिका-४ स्थित नोवेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
गोली प्रहार घटनामा शिवकुमार मेहताको समूह र देवानगञ्ज गाउँपालिका-७ का अन्दाजी २८ वर्षीय कामेश्वर यादव समूहको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
कामेश्वर यादव सूमहका तीन जना फरार रहेकाले उनीहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।
के कति कारणले गोली चलाइएको हो भन्ने स्वतन्त्र पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।