१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–१३ का ४३ वर्षीय बाबुलाल खरेललाई प्रहरीले ०८१ चैत ३० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई चैत २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ३० गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको चितवन प्रहरी प्रवत्ता डिएसपी रविन्द्र खनालले बताउनुभयो ।
बालिकाको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा चैत ३० गते भयो ।