INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई पक्षबिचको झडपमा १७ जना प्रहरीसहित ४३ जना घाइते, प्रशासनद्वारा कर्फ्यु आदेश जारी

वीरगञ्ज महानगरपालिका-२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि हिन्दू र मुस्लिम समुदायबिच चैत ३० गते भएको झडपमा १७ जना प्रहरीसहित ४३ जना घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका-२ श्रीराम हल क्षेत्र तवानग्रस्त भएपछि स्थानीय प्रशासनले ०८१ चैत ३० गते  जारी गरेको कर्फ्यु आदेश चैत ३१ गतेपनि जारी छ ।

झडपलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय, पर्साले कर्फ्यु  आदेश जारी गरेको हो ।

विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले ०८१ चैत ३० गते आयोजना गरेको शोभायात्रा वीरगञ्ज महानगरपालिका-२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुगेपछि दुई पक्षबीच झडप भएको थियो ।

जिल्ला प्रशासन कार्यालय, पर्साले ०८१ चैत ३० गते साँझेखि चैत ३१ गते मध्यरात सम्म स्थानीय प्रशासन ऐन २०२८ बमोजिम पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका भित्र कर्फ्यु आदेश जारी गरेको छ ।

वीरगञ्ज महानगरपालिकाभित्र पूर्वतर्फ भेडियाही चौक, वीरगञ्ज महानगरपालिका-१५, पश्चिमतर्फ सिर्सिया पुल, वीरगञ्ज महानगरपालिका-२५, उत्तरतर्फ गण्डक चौक, वीरगञ्ज महानगरपालिका-१४, दक्षिणतर्फ शंकराचार्य गेट, वीरगञ्ज महानगरपालिका-१६ गरी चार किल्ला तोकी सो सिमाभित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने गरी कर्फ्यु  आदेश जारी गरिएको छ ।

घटना विषयमा जिल्ला प्रशासन कार्यालयले चैत ३१ गते पत्रकार सम्मेलन गरेको छ ।

पर्साको वीरगञ्जमा चैत ३० गते दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १ सय ४५ राउन्ड अश्रुग्यास र दुई राउन्ड हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ ।

चैत ३१ गते वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले घटनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण गरी ४३ जना घाइते भएको जानकारी गराउनु भएको छ ।

घाइते भएकाहरूको विवरण सङ्कलन भइरहेकाले तत्काललाई विवरण सार्वजनिक नगरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा कर्फ्यु  आदेश चैत ३१ गते मध्यरातिसम्म रहने प्रशासनले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

Photo 20250412 Bara

अन्य

भिडियो