INSEC Online

📅 २०८३ जेष्ठ २१

साइबर अपराध गरेको घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा सिराहा जिल्ला धनगढीमाई नगरपालिका- ७ गोलबजार स्थायी घर भई सिनामंगल डेरा गरी बस्ने २७ वर्षीय राम बिहारी साफीलाई ०८१ चैत २० गते प्रहरीले गिरफ्तार गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिनु भयो ।

सामाजिक सञ्जाल फेसबुकमा साथी बनाएर भेटघाटका क्रममा अन्तरङ्ग तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको र पीडितका आफन्तलाई धम्क्याएको भन्ने उजुरीका आधारमा गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

साफीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको समेत प्रहरीले जनाएको छ । साफीलाई जिल्ला अदालत काठमाडौँको आदेशले चार दिन म्याद गरी अनुसन्धान भइरहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ।

अन्य

भिडियो