INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकालु गाउँपालिका-४ का २० वर्षीय विजय तामाङलाई चैत २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ चैत १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि चैत २६  गते घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अभिषेक श्रेष्ठ बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २६  गते गरिएको छ ।

अन्य

भिडियो