INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका— ८ का ४१ वर्षीय पदमबहादुर तामाङलाई प्रहरीले ०८१ चैत २४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पुस २४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएकी थिइन् ।

घटनापछि आरोपित फरार भएकाले प्रहरीले खोजतलास गरी गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विरेन्द्रकुमार यादवले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ११ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भएको थियो ।

अन्य

भिडियो