सिमकोट गाउँपालिका–२ की ३८ वर्षीया उमा भण्डारीलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय मिनबहादुर भण्डारीलाई प्रहरीले ०८१ चैत २७ गते गिरफ्तार गरेको छ ।
खेतमा पानी हाल्ने विषयमा विवादका क्रममा चैत २६ गते आरोपितले पीडित महिलालाई कुटपिट गरी घाइते बनाएको भन्दै आफूले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पति बल भण्डारीले बताउनु भयो ।
कुटपिटबाट महिलाको टाउकोमा चोट लागेको पति भण्डारीको भनाइ छ । घाइतेको स्वास्थ्य उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।