जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड बमोजिम खोपको मात्रा पुरा भएपछि जिल्लाको फिदिम नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ ।
१५ वर्ष मुनिका ५ सय ७७ जना र १६ देखि ५९ महिनाभित्रका १ हजार ५ सय ७९ गरी २ हजार १ सय ५६ जना बालबालिकालाई विश्व स्वास्थ्य सङ्गठनले तोके बमोजिमको खोपको मात्रा पुरा भएपछि पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।
१२ हजार ३ सय ३६ घरधुरीका २ हजार १ सय ५६ जना बालबालिकालाई आवश्यक खोपको मात्रा पुरा भएपछि ०८१ चैत २६ गते पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको मेयर मित्रप्रसाद काफ्लेले बताउनु भयो ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका भएको बताउनु भयो ।
नेपालको संविधान २०७२ ले धारा ३५ मा स्वास्थ्यको अधिकारलाई मौलिक अधिकार भनि व्याख्या एवम् व्यवस्था गरेको छ ।
धनुष्टङ्कार, क्षयरोग, भ्यागुतेरोग, लहरेखोकी, निमोनिया, पोलियो, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइडविरुद्को खोपको मात्रा बालबालिकाले पाएपछि पूर्ण खोप सुनिश्चित भनि घोषणा गरिन्छ ।