INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

जन्मजात दृष्टिविहिन २२ वर्षीया युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले रामारोशन गाउँपालिका–५ निवासी ५१ वर्षीय चेतमान रोकायालाई ०८१ चैत २६ गते गिरफ्तार गरेको छ ।

अपाङ्गताभएकी युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध चैत २६ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका इन्स्पेक्टर जगत पार्कीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षणका क्रममा २८ हप्ताको गर्भरहेको पाइएको समेत इन्स्पेक्टर पार्कीले जानकारी दिनु भयो ।

अन्य

भिडियो