INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कालिकामाई गाउँपालिका-५ का १८ वर्षीय नाजिर मियाँविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, पर्सामा ०८१ चैत २२ गते उजुरी दिनुभएको छ ।

पीडित पक्षका अनुसार चैत २२ गते घरमा एक्लै खेलिरहेकी पीडित बालिकालाई आरोपितले बलात्कार गरेको हो ।

घटनापश्चात आरोपित मियाँ फरार भएकोले जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालयका, पर्साका एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जमा चैत २२ गते भयो ।

अन्य

भिडियो