INSEC Online

📅 २०८३ श्रावण ७

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

२२ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित मिर्चैया नगरपालिका–९ का २५ वर्षीय दिपक मिजार सार्कीविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ चैत २५ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश ज्ञानेन्द्र इटेनीको एकल इजलासले सो फैसला गरेको हो ।

आरोपितले महिलालाई ०७७ भदौ २४ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०७७ असोज ३ गते उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज ३ गते भएको थियो ।

आरोपितविरुद्ध ०७८ भदौ २४ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए तापनि आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो