INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रे जिल्ला धुलिखेल नगरपालिका— ११ का २० वर्षीय सिताराम बिकलाई प्रहरीले ०८१ चैत ७ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई चैत ६ गते चौतारा साँगाचोकगढी नगरपालिका— १० सुकुटे स्थित एक होटलमा लगेर बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

पीडितपक्षले आरोपितविरुद्ध चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकर यादवले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ७ गते चौतारा अस्पतालमा भएको थियो ।

अन्य

भिडियो