१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका-२ भीरगाउँका ३५ वर्षीय अनिल राईलाई चैत २५ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०८१ फागुन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुमन खड्काले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २३ गते गरिएको छ ।