जनकपुरधाम उपमहानगरपालिका-४ स्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका प्रमुख प्रधानाध्यापक डाक्टर बसन्त कर्णलाई मोसो दलि दुर्व्यवहार गरेको घटनाका योजनाकार सोही क्याम्पसमा सह लेखापाल पदमा कार्यरत बर्दिबास नगरपालिका-६ का ५० वर्षीय रामप्रवेश दासलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले चैत २३ गते गिरफ्तार गरेको छ ।
क्याम्पसका पूर्व सभापति मनिष यादवले उक्त क्याम्पसको विज्ञान सङ्कायको ब्लकमा निरीक्षण गर्न पुगेका क्याम्पस प्रमुख कर्णलाई ०८१ चैत २१ गते दुई जना अपरिचित युवाहरूले मोसो दलेर भागेको बताउनु भयो ।
आरोपितहरूलाई छिटो भन्दा छिटो गिरफ्तार गरी कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने पूर्व सभापति यादवले बताउनु भयो ।
योजनाकार दास विरुद्ध पीडित प्राध्यापक कर्णले चैत २३ गते जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिनु भएको छ ।
मोसो कसले र किन दलेको भन्ने बारे खुल्न सकेको छैन र यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका डिएसपी वरुणबहादुर सिंहले जानकारी दिनु भयो ।