INSEC Online

📅 २०८३ जेष्ठ २१

दाङमा ६ ओटा मतदानस्थल अति सम्वेदनशील

दाङमा ६ ओटा मतदानस्थल अति सम्वेदनशील क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिले मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सम्वेदनशीलताको आधारमा मतदानस्थललाई वर्गिकरण गरेको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

कूल १ सय ५१ मतदानस्थल रहेको दाङमा ६ ओटा अति सम्वेदनशील, १ सय २८ सम्वेदनशील र १७ ओटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

प्रहरीका अनुसार अति सम्वेदनशील क्षेत्रहरूमा भारतसँग सीमा जोडिएका कोइलावास, प्युठान, रोल्पा र सल्यानसँग जोडिएका पहाडी भूभागमा रहेका मतदानस्थल रहेका छन् ।

दक्षिणतिर भारतसँग खुला नाका भएका कारण र पहाडी क्षेत्रमा निर्वाचन विरोधि गतिविधि गर्ने नेत्रविक्रम चन्द नेतृत्वको नेकपाकै कारण अति सम्वेदनशील क्षेत्र घोषणा गरी सुरक्षा व्यवस्था मिलाइएको एसपी सिंहले बताइन् ।

अन्य

भिडियो