INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत माइकिङ् गर्दै उम्मेदवारको प्रचार

हनुमाननगर कङ्कालिनी नपामा मधेस गठबन्धनका तर्फबाट प्रदेश सभा १ (२) का उम्मेदवार नवलकिशोर साहले थालेको माइकिङ्लाई मङ्सिर १६ गते पनि जारी राखेका छन् ।

चुनाव चिन्ह र उम्मेदवारको पक्षमा मत माग्दै आचारसंहिता विपरीत ठूला आकारका व्यानर राखिएको सिटी रिक्सामा माइकिङ् भइरहेको छ ।

सिटी रिक्साले राजपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका साहको पक्षमा माइकिङ् गर्दै भारदह, पोर्ताहा, जोगिनिया, हनुमाननगर बजारलगायतमा मत माग्दै प्रचारप्रसार गरिरहेको छ ।

निर्वाचन आचारसंहीता ०७२ को परिच्छेद ५ को (क) १२ अनुसार आमसभा गरेको स्थल र समयमा बाहेक अन्यस्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने उल्लेख छ ।

अन्य

भिडियो