१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शम्भुनाथ नगरपालिका-३, कचनदाहा का ३१ वर्षीय नगेन्द्र पालविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, राजविराजमा चैत १७ गते उजुरी दिनु भएको छ ।
आरोपितले पीडित बालिकालाई ०८१ चैत १७ गते ललाई फकाई घर नजिकैको नहरमा लगि यौन दुर्व्यवहा गरेको पीडित पक्षको आरोप रहेको छ ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा चैत १७ गते भयो ।
आरोपितलाई स्थानीयहरूको सहयोगमा प्रहरीले चैत १७ गते नै नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।