INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा तीन जना गिरफ्तार

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका तीनजना कार्यकर्तालाई मङ्सिर १५ गते जिल्लाका विभिन्न स्थानबाट गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले सन्धिखर्क नपा-१ का ५३ वर्षीय गोविन्द खनाललाई र इलाका प्रहरी कार्यालय ठाडाको टोलीले सितगङ्गा नपा-११ को ढुङ्गेसराबाट योगेन्द्र रेश्मी र भुमबहादुर विरकट्टालाई सोही स्थानबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर कमल परियारले जानकारी दिए ।

गिरफ्तार गरिएका गोविन्द खनालको घर खानतलासी गर्दा एक थान पेस्तोल र गोली समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए । गिरफ्तार गरिएका सबैजनाका बारेमा अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य

भिडियो