INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पिपरा गाउँपालिका-६ का ६० वर्षीय तपशि यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ०८१ चैत १८ गते उजुरी दिनुभएको छ ।

मामाघर आएकी बालिकालाई चैत १७ गते हजुर आमालाई खेतमा खाजा पुर्यािएर फर्कदै गर्दा आरोपितले घासको भारी उठाइदिन भनि बालिकालाई आफ्नो आँगनमा बोलाइ बलात्कारको प्रयास गरेको पीडित पक्षको आरोप रहेको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जलेश्वरमा चैत १८ गते भयो ।

उजुरी पश्चात घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बिशाल सिंहले जानकारी दिनुभयो ।

अन्य

भिडियो