१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका-१२ का २७ वर्षीय लिला परियारलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ फागुन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८१ चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि चैत १७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिम्लसिनाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १७ गते गरिएको छ ।