INSEC Online

📅 २०८३ जेष्ठ २१

आगलागीबाट १० ओटा घर जलेर नष्ट हुँदा स्थानीयलाई समस्या !

नरैनापुर गाउँपालिका–४, जयरामपुर्वामा लागेको डढेलोले ०८१ चैत १२ गते दिउँसो २ बजे १० ओटा घर जलेर नष्ट हुँदा स्थानीयलाई समस्या भएको छ । करोडौँको क्षति भएको छ । जयरामपुर्वामा लागेको डढेलो बस्तीमा पस्दा १० ओटा घर र दुई ओटा गोठ जलेर नष्ट भएका हुन् ।

Photo26032025Banke1

आगलागीले गर्दा विद्यार्थीहरूलाई समेत पढाइमा समस्या भएको नेपाल आधरभूत विद्यालय, खोदावाँका प्रधानाध्यापक इन्द्र बहादुर यादवले बताउनु भयो । उहाँले विद्यार्थीहरूको परीक्षा भइरहेको अवस्थामा आगलागी हुँदा थप समस्या भएको उल्लेख गर्नुभयो ।

Photo26032025Banke2

जयरामपुर्वामा जुमइ खाँको घरबाट आगलागी शुरु भएको र करोडौँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय, भगवानपुरका डिएसपी टोपेन्द्र बुढामगरले जानकारी दिनुभयो । उहाँले आगलागीबाट गाउँका सबै घर बचाउन नसकिए पनि मान्छेलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको बताउनु भयो ।

Photo26032025Banke3

कोहलपु नगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा आएको नरैनापुर गाउँपालिका–४ का वडा सदस्य चिन्ताराम कुर्मीले जानकारी दिनुभयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, जिन्सी शाखा प्रमुख लक्ष्मीकान्त मिश्र र विपद् शाखा प्रमुख भरत महतो सहितको टोलीले घटना स्थलमा पुगेर आगलागी पीडितलाई राहत उपलब्ध गराउने र थप राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गरेका छन् ।

Photo26032025Banke   Photo26032025Banke4

अन्य

भिडियो