INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत १२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै  ५ लाख जरिबाना आदेश भएको अदालतका श्रेस्तेदार ऋतु राईले बताउनु भयो ।

पीडितलाई आरोपितले ०८० चैत १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध  चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।

पीडित पक्षको उजुरीका आधारमा  आरोपितलाई प्रहरीले चैत १८ गते गिरफ्तार गरी सरकारी वकिलको कार्यालमार्फत ०८१ वैशाख ९ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता थियो ।

जिल्ला अदालतका न्यायाधीश भिमबहादुर निरौलाको ०८१ वैशाख ९ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० चैत १६ गते गरिएको थियो ।

अन्य

भिडियो