INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को ०८१ चैत ११ गते बसेको बैठकले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष र सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बैठकपछिको पत्रकार भेटघाटमा जानकारी दिनु भयो ।

सिफारिस समितिका सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा आयोगले तोकेको सदस्य, पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती, गैरसरकारी संस्था महासङ्घका पूर्व अध्यक्ष तथा पूर्व राजदूत डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ रहेका छन् ।

‘२०७९ असारदेखि पदाधिकारीविहीन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न यस अघि ०८० चैतमा गठन भएको समितिले कामै सुचारु गर्न सकेको थिएन भने ०८१ कात्तिकमा दूईमहिने कार्यकाल पाएर काम थालेको यही समितिले म्याद सकिने दिन विज्ञप्ति प्रकाशित गरेर समितिको नाम सिफारिस गर्न नयाँ प्रकृया अघि बढाउन सरकारलाई आग्रह गरेको थियो ।

सो समितिले कार्यविधि तय गरेर दुवै आयोगका अध्यक्ष तथा सदस्यको निवेदन माग गरी नामावली प्रकाशन तथा दावीविरोध, संक्षिप्त्त सूचि प्रकाशन गरी उनीहरूको प्रस्तुति र अन्तर्वार्ता समेत लिइसकेपछि पनि नाम सिफारिस अघि बढाउन सकेको थिएन । अहिले सोही समितिका सदस्ययहरूलाई नै पुनः जिम्मेवारी दिइएको छ ।

इन्सेकले सङ्कलन गरेका द्वन्द्वका बेलामा राज्य पक्षबाट र गैरराज्यपक्षबाट गरिएका हत्या, बेपत्ता र अपाङ्गतासम्बन्धी घटना र घटना विवरण हेर्न यहाँ क्लिक गर्नु होला ।

अन्य

भिडियो