१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बहदुरमाइ गाउँपालिका-२ का २१ वर्षीय प्रकाश शर्मा भनिने ओमप्रकाश महत्तोविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा चैत ७ गते पीडित पक्षले उजुरी दिनुभएको छ ।
आरोपित महत्तोले चैत ७ गते घर आँगनमा एक्लै रहेकी पीडित बालिकालाई डर धाक देखाई बलात्कार गरेको पीडित पक्षको आरोप रहेको छ ।
उजुरीपश्चात आरोपित फरार रहेकोले खोजतलास गरिरहेको एसपी मिश्रले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ७ गते नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जम भयो ।