INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी 

वीरगञ्ज महानगरपालिका-२५ का वडा अध्यक्ष ४५ वर्षीय आशुतोष चतुर्वेदीमाथि फागुन २९ गते कुटपिट गरेका आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा  उजुरी चैत ८ गते पीडितले दिनुभएको छ ।

आरोपितहरू वीरगञ्ज महानगरपालिका-१३ का ४३ वर्षीय सागर शम्शेर राणा, प्रहरी जवान ३५ वर्षीय दिपेश क्षेत्री, वडा नम्बर १० का वडा अध्यक्ष ३८ वर्षीय शुशिल साह कानु र ३७ वर्षीय लगन लाल गुप्ता, वडा नम्बर ११ का ४२ वर्षीय भुषण यादब, वडा नम्बर १६ का ३२ वर्षीय भुषाल चौरासीया, वडा नम्बर ६ का ३७ वर्षीय बिक्कि गुप्ताले फागुन २९ गते राती वीरगञ्जस्थित डायमण्ड पार्टी प्यालेसमा भएको रात्री भोजमा सहभागि भएको बेला लेनदेनको विषयमा विवाद हुँदा आफूमाथि कुटपिट गरेको पीडित वडाध्यक्षले बताउनु भयो ।

उजुरीपश्चात आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

कुटपिटबाट घाइते भएका वडाध्यक्ष चतुर्वेदीको नेशनल अस्पताल वीरगञ्जमा सोही दिन उपचार भएको एसपी मिश्रले बताउनु भयो ।

अन्य

भिडियो