INSEC Online

📅 २०८३ जेष्ठ २१

उम्मेदवारको घरमा भेटिएको बम नेपाली सेनाको टोलीद्वारा निष्कृय

नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार छाँयानाथ रारा नपा-१ का हस्तबहादुर मल्लको घरमा अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले मङ्सिर १४ गते निष्कृय बनाएको छ ।

उम्मेदवारको घरको आँगनमा अज्ञात समूहले राखेको कुकर बम नेपाली सेनाले निष्कृय बनाएको हो । मङ्सिर १४ गते बिहान करिब सात बजे नातिले घर अघिको आँगनमा कुकरमा तार जोडेको देखेपछि उनले घरपरिवारलाई जानकारी गराएका थिए ।

नातिबाट खबर पाएपछि आफूले कुकर बम देखेको र नजिकबाट कसैलाई आउन जान नदिइ तत्काल सुरक्षा निकायलाई खबर गरेको उम्मेदवार मल्लले बताए ।

कुकर बम राखिएको जानकारी पाउने बितिक्कै प्रहरी चौकी चैनाबाट प्रहरी र नेपाली सेनाको श्री दल गुल्म तथा सदरमुकाम सुरक्षा बेस क्याम्पको संयुक्त टोलीका उप सेनानी सुर्यकुमार राईको कमाण्डमा गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय बनाएको नेपाली सेनाको सदरमुकाम सुरक्षा बेस क्याम्पले जानकारी दिएको छ ।

अन्य

भिडियो