१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिद्धकुमाख गाउँपालिका-१, कागखोला बस्ने १९ वर्षीय नबराज बुढाथोकीलाई प्रहरीले ०८१ चैत ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ फागुन २९ गते होली खेलेर गाउँमा भएको एक विवाहबाट घर फर्कने क्रममा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ३ गते र आरोपितको स्वास्थ्य परीक्षण चैत ४ गते जिल्ला अस्पतालमा भयो ।