६५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका घटनाका आरोपित लहान नगरपालिका-२४ का ६० वर्षीय पर्शुराम कोइरालालाई इलाका प्रहरी कार्यालय लहानले ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई चैत ६ गते बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय लहानमा चैत ६ गते पीडितले उजुरी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा चैत ६ गते भयो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोतीले घटनाको जानकारी हुना साथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया शुरु गरेको बताउनु भयो ।