२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित ३४ वर्षीय पुरुषविरुद्धको उजुरी इलाका प्रहरी कार्यालय लहानले ०८१ चैत ६ गते दर्ता गरेको छ ।
आरोपितले महिलालाई ०८१ फागुन ४ गते बलात्कार प्रयास गरेको आरोपमा कारवाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा चैत ६ गते उजुरी दिएको पीडित महिलाले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा चैत ६ गते भयो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोतीले उजुरी पश्चात आरोपित फरार रहेकाले खोज तलास गरिरहेको बताउनु भयो ।