कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ ।
जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारले लिएको नीति अनुसार कैदीबन्दीहरूलाई आवश्यक सेवाबाट वञ्चित हुन नपरोस् भन्ने सोचका साथ कारागारमै उनीहरूका लागि यो अवसर प्रदान गरिएको बताउनु भयो ।
कारागारका जेलर भगवानभक्त अर्यालले कारागारमा हाल २ सय ७१ जना कैदीबन्दी रहेकोमा आवश्यक कागजपत्र पूरा हुने ५८ जनाले उक्त अवसर पाउने बताउनु भयो । उहाँले यसरी कारागारमै राष्ट्रिय परिचयपत्र बनाउन पाएपछि कैदीबन्दीहरू खुशी भएको उहाँले बताउनु भयो ।
