INSEC Online

📅 २०८३ जेष्ठ २१

चुनावमा काङ्ग्रेसको प्रतिनिधि बसेको भन्दै माओवादीले साङ्घातिक आक्रमण गरेको आरोप

नेपाल विद्यार्थी सङ्घ रोल्पाका सदस्य सुवर्णावती गाउँपालिका – ६ गजुल निवासी २३ वर्षीय बिस्णु केसी मङ्सिर १० गते सम्पन्न निर्वाचनमा काङ्ग्रेसको प्रतिनिधि बनेर बुथ कब्जा गर्न नदिएको भन्दै १२ गते माओवादी कार्यकर्ताहरूले हतियार सहित घरमै गएर आक्रमण गरेको नेपाल विद्यार्थी सङ्घ रोल्पाले आरोप लगाएको छ ।

उक्त समूहले घरेलु हतियारले टाउकोमा प्रहार गरी मरणासन्न अवस्थामा छोडेर भागेको पीडित केसीको परिवारले जनाएको छ ।

केसीको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको र उनी अझै होसमा नआएको नेपाल विद्यार्थी सङ्घ रोल्पाका सचिव नारायण रेग्मीले जानकारी दिए ।

काङ्ग्रेसको प्रतिनिधि बनेकै कारण माओवादीका कार्यकर्ताले हत्या गर्न खोजेको नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री एवम् रोल्पाबाट प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार मनोजमणी आचार्यले आरोप लगाए ।

घटनामा संलग्नहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी ज्ञानेन्द्र फुँयालले बताए ।

अन्य

भिडियो