१५ वर्षीय बालिकलाई बेचबिखन प्रयास गरेका आरोपित लालबन्दी नगरपालिका-१७ रानिगञ्जका ३६ वर्षीय बिमल कार्कीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ चैत ६ गते उजरी दिनु भएको छ ।
पीडित बालिकलाई आरोपित कार्कीले रोजगारीको प्रलोभन देखाई चैत ३ गते भारतको विहार राज्य पटनामा लग्दै गर्दा नेपाल भारतको सिमा मलंगवा नगरपालिका-२ र ८ को बिचमा रहेको गोरखकाली नजिक खटिएका आशिस सामाजिक सेवा नेपालका प्रतिनिधिले शङ्काको आधारमा आरोपितलाई सोध पुछ गर्न खोज्दा आरोपितले बालिकालाई छाडी भारत तर्फ फरार भएको बताउनु भयो ।
आरोतपिविरुद्ध बेचबिखनमा शीर्षकमा उजुरी दर्ता गरेको र बालिकलाई उद्धार गरी परिवारजनको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
त्यसैगरी, आरोपितको खोजतलास गरिरहेको डिएसपी राईले बताउनु भयो ।