१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपममा औरहि नगरपालिका-९ भवानिगञ्जका २८ वर्षीय रोशन महतोविरुद्ध ०८१ चैत ६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिनुभएको छ ।
आरोपित महतोले फागुन २७ गते बालिकालाई डर धम्कि देखाइ घर नजिकैको आँपको बगैचामा लगेर बलात्कार गरेको पीडित पक्षको आरोप रहेको रहेको छ ।
डराएकी छोरीले आफ्नो भाउजुलाई घटना बारे जानकारी गराएपछि बालिकाको बुवाले इन्सेक महोत्तरी प्रतिनिधिको पहलमा जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिनु भयो । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बिशाल सिंहले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ६ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।