INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ भन्ने बुद्ध तामाङलाई ०८१ चैत ५ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितहरूले बालिकालाई फागुन २९ गते घाँस काट्न गएको अवस्थामा सामूहिक बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

आरोपितहरू विरुद्ध पीडितकी आमाले चैत २ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएकी थिइन् ।

बालिकाको स्वास्थ्य परीक्षण चैत २ गते प्राथामिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा र थप उपचार धुलिखेल अस्पतालमा गरिएको बालिकाकी आमाले बताउनु भयो ।

अन्य

भिडियो