INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१  चैत ४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत १ गते ब्रह्मदेवस्थित आफ्नो घरमा लगेर दुई दिनसम्म राखेर चैत ३ गते बलात्कार प्रयास गरी ज्यान मार्ने उद्योगगरेकोले आरोपित विरुद्ध चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको पीडित पक्षको भनाइ छ ।

पीडित पक्षले दिनुभएको उजुरीका आधारमा आरोपितलाई चैत ४ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी उमेशराज जोशीले बताउनु भयो ।

पीडितको स्वास्थ्य उपचार चैत ४ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।

अन्य

भिडियो