१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतामाइ गाउँपालिका-६ निगालेका २७ वर्षीय निलम भनिने तिलकबहादुर अधिकारी र ३८ वर्षीय दीपक राउतलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितद्वयले ०८१ फागुन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित चैत १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि ०८१ चैत १ गते अस्थायी प्रहरी पोष्ट, सङ्गमचोकबाट खटिएको प्रहरीले गिरफ्तार गरेको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १ गते गरिएको छ ।
त्यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका-५ शिखरमाडीका २४ वर्षीय कृष्ण परियार र २४ वर्षीय भरत बिशुंखेलाई फागुन २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितद्वयले ०८१ फागुन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले गिरफ्तार गरेको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २८ गते गरिएको छ ।