१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २३ वर्षीय एक युवकलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ कात्तिक २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत १ गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विवेक बस्नेतले बताउनु भयो ।
प्रहरीले गिरफ्तारीमा परेका आरोपितको नाम, ठेगाना गोप्य राखेको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १ गते गरिएको छ ।