INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतलते साँगुरीगढी गाउँपालिका-७ महाभारतका २५ वर्षीय अनककुमार राईलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको फागनु २८ गतेको आदेशले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ५ लाख रुपियाँ जरिबाना भर्ना आदेश भएको अदालतका सूचना अधिकारी यामकुमार खड्काले बताउनु भयो ।

पीडितलाई ०८० माघ २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ २२ गते प्रहरी चौकी, भेडेटारमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई माघ २२ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८० फागुन ८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको ०८० फागुन ९ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २२ गते गरिएको थियो ।

अन्य

भिडियो