INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपममा बलवा नगरपालिका-२ का २७ वर्षीय ललन कुमार साहविरुद्ध ०८१ फागुन २९ गते जिल्ला  प्रहरी कार्यालय, महोत्तरीमा पीडित पक्षले उजुरी दिनुभएको छ ।

बलवा नगरपालिका-२ स्थित एक विद्यालयमा कार्यरत आरोपित साहले फागुन २ गते बालिकालाई ललाइ फकाइ भारत लगि बलात्कार गरेको  पीडित पक्षको आरोप रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बिशाल सिंहले जानकारी दिनु भयो ।

परिवारले खोजतलास गर्ने क्रममा बालिका भारतको मुम्बईमा भएको जानकारी पाएपछि नेपाल प्रहरी र भारतीय प्रहरीको समन्वयमा फागुन २८ गते बालिकालाई परिवारको जिम्मा लगाइएको र आरोपित साहलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

 पीडित बालिकाको स्वास्थ परीक्षण फागुन २८ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।

अन्य

भिडियो